२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी हावी भएकोमा झलनाथ खनाल र विप्लव चिन्तित

२८ फागुन, काठमाडाैँ । कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी हावी भएको भन्दै नेकपा (एकीकृत समाजबादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिब नेत्र विक्रम चन्द ’विप्लव’सहित नेता खड्ग बहादुर विश्वकर्मा ’प्रकान्ड’  चिन्तित भएका छन ।

आइतबार खनाल निवास डल्लुमा भएको भेटवार्तामा नेताहरूले कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गएकोप्रति नेताहरुले चिन्ता व्यक्त गरेको र कम्युनिष्ट एकताका लागि छलफल भएको पूर्वप्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दैनिकीलाई जानकारी दिए ।

उनीहरूले करिब दुई घन्टासम्म वर्तमान राजनीतिको समयसामयिक पक्षहरूमा छलफल गरेका थिए । उनले भोलिका दिनमा कम्युनिष्ट शक्ति एकै ठाउँमा ल्याउने सम्भावनाका बारेमा समेत कुराकानी भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार २०:४३