२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम

२८ फागुन, काठमाडौं  । उपराष्ट्रपति पदका लागि उमेदवारी दिएका चारजनाकै उमेदवारी कायम राखेको छ। उमेदवारी फिर्ताको समयमा कुनै पनि उमेदवारले आफ्नो उमेदवारी फिर्ता नलिएपछि चारैजनाको उमेदवारी कायम रहेको हो ।

उपराष्ट्रपतिमा नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्यले उमेदवारी दिएकी छिन् । त्यसैगरी जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उमेदवारी परेको छ । यस्तै, जनमत पार्टीबाट ममता झाले उमेदवारी दर्ता गरेकी छिन् ।

आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका छन् । जसमा शनिबार उम्मेदवारी दिएका चारैजना अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झाको नाम समावेश छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १७:०२