४० प्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगबाट अपी पावरले पायो अनुमति
२८ फागुन, काठमाडाैं । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको छ। फागुन २६ गते शुक्रबार आयोगले पत्र पठाउँदै अपी पावरलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको जानकारी गराएको हो।
अपी पावरले हकप्रद जारीको अनुमति माग्दै गत फागुन १७ गते आयोगमा निवेदन पेस गरेको थियो। निवेदनमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १ः०.४ को अनुपातमा हकप्रद जारी गर्न निगमसँग अनुमति मागेको थियो।
आयोगको अनुमतिसँगै अब कम्पनीले ४० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर सेयरधनीहरुका लागि जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

प्रकाशित मिति : March 12, 2023 at 2:26 pm









