४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँड

२६ फागुन, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको साधारण सेयर आइपीओ हिजो फागुन २५ गते बिहीबार बाँडफाँड भएको हो ।

कम्पनीले इलाम जिल्लामा स्थाई बसोबास गर्ने स्थानियबासीहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता सेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १४:५१