नेप्सेमा ८ कम्पनीकाे बाेनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?
२६ फागुन, काठमाडाैं । याे साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स, बुटवल पावर, फर्स्ट माइक्रोफाइनान्स, आधिखोला लघुवित्त, आइसीएफसी फाइनान्स, प्रभु बैंक, सेन्चुरी कमर्सियल बैंक र नबील बैंककाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।
१) प्राइम लाइफ इन्स्योरेन्स
नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस बापतको ३६ लाख १३ हजार ५००.२५ कित्ता सेयर सूचिकृत भएको हो ।
२) बुटवल पावर
नेप्सेमा बुटवल पावरको ५ प्रतिशत बोनस बापतको १६ लाख २७ हजार ३७८ कित्ता सेयर सूचिकृत भएको हो ।
३) फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था
नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५ सय ३५ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।
४) आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बाेनस बापतकाे ३ लाख ५७ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।
५) आइसीएफसी फाइनान्स लिमिटेड
नेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ६३ हजार ५ सय ५८ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
६) प्रभु बैंक
नेप्सेमा प्रभु बैंकको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर सुचिकृत भएको हो ।
७) सेन्चुरी कमर्सियल बैंक
नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको ४.७५ प्रतिशत बोनस बापतको ४५ लाख ३८ हजार १ सय ६ दशमलव ८७ कित्ता सेयर सुचिकृत भएको हो ।
८) नबील बैंक
नेप्सेमा नबील बैंकको १८.५० प्रतिशत बोनस बापतको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १४:२८












