एनएलजी इन्स्योरेन्सले बाेलायाे साधरणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउछन् लाभांश ?
२६ फागुन, काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । फागुन २५ गते बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आफ्नो १७ औँ वार्षिक साधारणसभा चैत २० गते काठमाडाैंकाे बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश पारित गर्नेछ । साथै, सभाले कम्पनीको अधिकृत पुँजी १.५ अर्बबाट वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति र गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : March 10, 2023 at 12:08 pm









