५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

८०० ले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२६ फागुन, काठमाडाैं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ ।

बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २२० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ११:१९