४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

युनाइटेड मोदी हाइड्रोपावरले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

२६ फागुन, काठमाडाैं । युनाइटेड मोदी हाइड्रोपावरले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे फागुन २५ गते बिहीबार बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आफ्नो नवौँ वार्षिक साधारणसभा चैत २३ गते कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीकाे ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश गरी कूल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अमित पाण्डेलाई ४ वर्षका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने, आर्थिक वर्ष २०७८/७९को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार ११:०९