४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

तपाईंकाे डिम्याट खातामा आयो त एक कम्पनीकाे ३० प्रतिशत बोनस सेयर ?

२६ फागुन, काठमाडाैं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूकाे डिम्याट खातामा बाेनस सेयर जम्मा गर्न सुरू गरेकाे छ । लघुवित्तको माघ १३ गते सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित साेही ३० प्रतिशत बोनस सेयर माघ २ गतेसम्म कायम भएका सेयरधनीको सम्बन्धित डिम्याट खातामा जम्मा गरिदिएको कम्पनीले जनाएकाे छ ।

साथै उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः साे बोनस सेयर सेयरधनीकाे सम्बन्धित डिम्याट खातामा जम्मा हुने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १०:४२