१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड मिति तय, कतिले पाउछन् सेयर ?

२६ फागुन, काठमाडाैं ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ फागुन २८ गते आइतबार बाँडफाँड गर्ने तयारी गरिएको छ। कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ आइतबार बाँडफाँड गर्ने तयारी रहेकाे बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएकाे छ ।

लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १६ लाख ९ हजार बढी आवेदकबाट कुल १ करोड ७८ लाख बढी कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्। कम्पनीकाे आईपीओमा माग भन्दा धेरै बढी आवेदन परेका कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १६ हजार ९७५ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

प्रकाशित मिति : March 10, 2023 at 9:24 am