२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

भागबन्डामा नअल्मलिन नवनिर्वाचित राष्ट्रपति पौडेललाई माधव नेपालको सुझाव

२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले, नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भागबण्डामा नअल्मलिन सुझाव दिएका छन् ।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएसंगै संसद भवनमा पत्रकारसंग कुरा गर्दै उनले नवनिर्वाचित पौडेललाई बधाई दिँदै भागबण्डा ठूलो कुरा नभएकाले त्यसतर्फ ध्यान नदिन सुझाव दिए । राष्ट्रको हितलाई केन्द्रमा राख्न उनको राष्ट्रपति पौडेललाई आग्रह छ । उनले भने ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ ।

राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन । भागबण्डाको कुरा त्यति ठूलो कुरा भएनन् । भागबन्डामा अल्मलिने भन्दा पनि देश र जनताको लागि के गर्ने चिन्ताको विषय छ ।’ आगामी दिनहरुमा देश र जनताको लागि के गर्ने भन्ने विषय राष्ट्रपति स्वभाविक रूपमा अगाडि बढ्नु पर्ने उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १९:१८