२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले, रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिस सुमनले जानकारी दिए ।

उनले भने ‘ जसपाको संसदीयदलको नेतारामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ ।’ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १८:०८