२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राष्ट्रपति पदको मर्यादा राख्ने व्यक्ति पाएका छैनौंः तोषिमा कार्की

२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीकी सांसद तोषिमा कार्कीले,राष्ट्रपति,पदको गरिमालाई न्याय दिन सक्ने खालको हुनुपर्ने टिप्पणी गरेकी छिन् ।

बिहिबार राष्ट्रपति पदमा मत खसालेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलेआफ्नो पार्टीले जनताको चाहाना अनुसार निर्णय लिएको जिकिर गरिन ।

उनले भनिन्,‘जनताको पक्षमा उभिएर नै निर्णय लिएका छौं । त्यो एकछिन पछीको नतिजामा देखिन्छ । नयाँ पार्टी, जनताले आशा गरेको पार्टी । देशकै गरिमाको लागि उम्मेदवार छानेका छौं । वृहत छलफल गर्नुस तर सही निर्णय लिनुस । राष्ट्रपति पदको गरिमालाई न्याय दिन सक्ने हुनुपर्छ । अहिले सम्म त्यो उदाहण पाइसकेका छैनौं ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १६:२९