उच्च अंकले बढ्याे सेयर बजार, दुई हजार विन्दुमा पुग्दा एक कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट
२५ फागुन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल एक्सचेञ्ज (नेप्से) आज ५०.०४ अंकले बढेर २००२.७० बिन्दुमा बन्द भएको छ । आज सेयर बजारमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये २१३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज शुभम पावर कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:१९












