२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अहिले हाँसेकाहरु केही दिनपछि रुन थाल्नेछनः गोकुल बाँस्कोटा

२५ फागुन, काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद गोकुल बाँस्कोटाले, उद्देश्य सहितको सहकार्य नभई स्वार्थी सहकार्यले देशलाई निकास नदिने बताएका छन् ।

राष्ट्रपतिमा भोट खसालेपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीहरुले पनि च्याखे दाउको राजनितिलाई निरन्तर दिएर त्यसमै रमाएको र त्यसले देशलाई निकास नदिने टिप्पणी गरे ।

उनले एउटा संबैधानिक पदका लागि अहिले रमाएकाहरू दुई महिनापछि रुने अवस्थामा पुग्ने बताए । उनले अहिलेको गठबन्धनमा सत्ता भए पनि निश्चित उद्देश्य नभएको बताए । उनले  आज एउटाको काधमा राखेर वन्दुक पडकाउनेले भोली अर्कोको काधमा राखेर पडकाउने बताए । एमालेले केही नगुमाएको बताउँदै उनले आफुहरु निरास बन्नुपर्ने कारण नरहेको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:०५