३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

कांग्रेस र एमालेको सरकार बन्दैन भनेर भन्न सकिन्नः अध्यक्ष ओली

२५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर पनि सरकार बनाउन सकिने बताएका छन । बिहीबार राष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा असम्भव भन्ने केही नभएको भन्दै कांग्रेस र एमालेको संयुक्त सरकार बन्दैन भन्न नसकिने टिप्पणी गरे ।

‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि असम्भव छैन भन्छन् नि, त्यही हो। एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।’ उनले भने । अध्यक्ष ओलीले आगामी राष्ट्रपति सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाभिमानर लोकतन्त्रको रक्षा एवं जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिनुपर्ने बताए  ।

उनले संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देश प्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका बहन गर्न सक्ने राष्ट्रपति  देशले खोजेको बताए । अध्यक्ष ओलीले यस अघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको समेत बताए ।

प्रकाशित मिति : March 9, 2023 at 2:54 pm