नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनकाे कति ?
२५ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज विभिन्न दुई कम्पनीको बोनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा आज प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावरको बोनस सेयर सूचिकृत भएको हाे ।
१) प्राइम लाइफ इन्स्योरेन्स
नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस बापतको ३६ लाख १३ हजार ५००.२५ कित्ता सेयर सूचिकृत भएको हो ।
२) बुटवल पावर
नेप्सेमा बुटवल पावरको ५ प्रतिशत बोनस बापतको १६ लाख २७ हजार ३७८ कित्ता सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् यी दुबै कम्पनीकाे सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयर बजारमा कारोबार गर्न सकिने छ ।
प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १३:२०












