२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

दुई कम्पनीको आईपीओ बिक्री खुला, क-कसले दिन पाउछन् आवेदन ?

२५ फागुन, काठमाडाैं । विभिन्न दुई कम्पनीहरूले आज फागुन २५ गते बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेका छन् । मोदी इनर्जी लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेका हुन् ।

१) मोदी इनर्जी लिमिटेड

मोदी इनर्जी लिमिटेडले आज फागुन २५ गतेबाट आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेका हुन् ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेकाे छ ।

जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा-३, मोदी गापा-५, मोदी नपा-२, मोदी गापा-६ र कुश्मा नपा-८ का बासिन्दाहरुका लागि निष्काशन गरिनेछ।

बाँकी १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ। उक्त आईपीओमा स्थानीयले न्यूनतमा १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ९ गतेसम्म र स्थानीयले चैत ९ गतेसम्म र साे अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा चैत २४ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् ।

२) माई खोला हाइड्रोपावर लिमिटेड

माई खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २५ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेकाे हाे ।

कम्पनीले इलामका स्थानीयको लागि ३ लाख ९२ हजार १ सय ५७ कित्ता सेयर निष्काशन गरेकाे छ । उक्त आईपीओमा इलाम जिल्लाका स्थानीयले मात्र आवेदन दिन सक्नेछन् ।

त्यस्तै १ लाख ५२ हजार ९ सय ४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन हुने छ । स्थानीयलाई निष्काशन गरिएको सेयरमा छिटोमा चैत्र ९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २४ गतेसम्म आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगारीमा रहेकाले चैत्र ९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता र विदेशमा रहेका नेपालीले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

उक्त आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र यसको अनलाइन व्यवस्था बाट पनि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ०९:३९