१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

छुट्ला है ! एक कम्पनीकाे १५ प्रतिशत लाभासं सुरक्षित गर्ने आज अन्तिम दिन

२५ फागुन, काठमाडाैं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभासं सुरक्षित गर्ने आज फागुन २५ गते बिहिबार अन्तिम दिन रहेको छ।कम्पनीको फागुन १४ गते बसेको सचालक समिती बैठकले कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गतेदेखि चैत्र १० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश पाउन सक्नेछन् ।

कम्पनीकाे साधारणसभा चैत्र १० गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान १२ः१५ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : March 9, 2023 at 9:12 am