२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कालापानी प्रकरणमा भागेका थिए रामचन्द्र पाैडेल, गोकुलले खोलिदिए रहस्य

२४ फागुन, काठमाडाैँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल विभिन्न कारणले अहिले चर्चामा छन । पाैडेललाई देशभक्त र राष्ट्रवादीको उपमा दिएर चर्चा गरिंदा उनी सभामुख हुँदाको एउटा घटना अहिले बहसमा आएको छ ।केही दिन अघि नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले सामाजिक सञ्जालमा लेखेर चर्चामा ल्याएको विषय २०५५ सालको हो । त्यतिबेला सभामुख थिए कांग्रेस नेता रामचन्द्र पौडेल ।

यस्तो थियो गोकुल बाँस्कोटाको ट्विट ।

नेकपा एमालेको तर्फबाट तत्कालिन साँसद केपी शर्मा ओलीले २०५५ साल साउन २४ गते दार्चुला जिल्लाको कालापानी क्षेत्रमा रहेको भारतीय सेना हटाउन माग गर्दै संसदमा सावर्जनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । तर यस विषयमा सभामुख पौडेलले छलफल समेत गराउन मानेनन् । साउन २५ गतेको बैठकबाट राष्ट्रियतासँग सम्बन्धित यो विषय सभामुखले छलेपछि एमाले संसदीय विभागका प्रमुख केपी शर्मा ओलीले नै एक विज्ञप्ती जारी गरेर आपत्ति जनाएका थिए ।

केहीदिनअघि एमाले मुख्यालय च्यासलमा साँसदहरुलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले यो विषयको स्मरण पनि गरेका थिए । उनले एमाले पोलिटव्यूरो सदस्य बास्कोटाको नम लिंदै भनेका थिए ‘त्यस बेला रामचन्द्रजीले के के गर्नुभएको थियो । गोकुल बास्कोटाले तिथिमिती समेत टिपेर राख्नु भएको छ ।’ के थियो त यसबेलाको घटना ? हेर्नुहोस २०५५ साल साउन २५ गते एमालेका तत्कालिन संसदीय विभाग प्रमुख केपी शर्मा ओलीले जारी गरेको विज्ञप्ति ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ११:२४