नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
२३ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा छिमेक लघुवित्त वित्तिय संस्थाको २२ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८३८ रूपैयाँ ५२ पैसा हुने गरी मूल्य समायोजन भएकाे हाे ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार २३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १६:३४












