४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

डिम्याट खाता खाेल्नेकाे संख्या ५५ लाख ८० हजार नाघ्याे, मेरो सेयर प्रयोगकर्ता कति ?

२३ फागुन, काठमाडाैं । नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समय सेयर बजारप्रति आकर्षक बढ्दै गएसँगै डिम्याट खाता खाेल्नेकाे संख्या पनि बढिरहेकाे हाे । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजारप्रति सर्वसाधारणको क्रेज बढेको हो ।

सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५५ लाख ८० हजार २ सय ७२ जना पुगेकाे छ । यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४६ लाख ६० हजार २ सय ४४ पुगेकाे छ ।

गत माघ २ गतेसम्म डिम्याट खाता खाेल्नेकाे संख्या ५५ लाख २४ हजार ५७ रहेकाे थियाे । करिब दुई महिनकाे बिचमा डिम्याट खाता खाेल्नेकाे संख्या ५६ हजार २ सय १५ ले बढेकाे हाे । याे अवधिमा मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ५२ हजार २ सय १३ ले बढेकाे छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १६:०२