२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

लोकतन्त्र रक्षाका लागि एमाले सबैसँग सहकार्य गर्न तयार छः अध्यक्ष ओली

२२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि एमाले पार्टीले सबैसँग सहकार्य गर्न तयार भएको बताएका छन् ।

आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासमा सांसदहरूलाई प्रशिक्षण दिदै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने शर्तमा एमाले काँग्रेससँग सहकार्य गर्न तयार छ। एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’

एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेद्वार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष ओलीले प्रशिक्षण दिएका थिए ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा माओवादी केन्द्र एकजना नेताको बन्दी बनेको । बलिदान गरेका नेताहरु त्यहाँ छन् ।उनीहरुलाई पनि त्यसठाऊँबाट मुक्त हुन आग्रह गरदै सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न आग्रह गर्दछु ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १५:३३