नेप्सेमा थप दुई कम्पनीकाे बाेनस सेयर सूचिकृत, कुनकाे कति ?
२१ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा थप दुई कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको बोनस सेयर सुचिकृत भएको हो ।
१) प्रभु बैंक
नेप्सेमा प्रभु बैंकको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर सुचिकृत भएको हो ।
२) सेन्चुरी कमर्सियल बैंक
नेप्सेमा सेन्चुरी कमर्शियल बैंकको ४.७५ प्रतिशत बोनस बापतको ४५ लाख ३८ हजार १ सय ६ दशमलव ८७ कित्ता सेयर सुचिकृत भएको हो । सूचीकृतपश्चात् यी दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १२:१८












