कतिमा भयो सुपर मादी हाइड्रोपावरको पहिलो कारोबार?
२१ फागुन, काठमाडाैं । नेप्सेको स्पेशल प्रि ओपन सेसनमा आइतबार सुपर मादी हाइड्रोपावरको पहिलो कारोबार भएको छ। आज प्रि–सेसनमा कम्पनीको सेयर प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार भएको छ। गत बिहीबार कम्पनीकाे सेयर नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीको २ करोड १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको १० लाख ५० हजार कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहहरुले लगानी गरेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम ९९ रुपैयाँ ८० पैसादेखि २९९ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोहि रेन्जको आधारमा आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर कारोबार भएको हो।
प्रकाशित मिति : March 5, 2023 at 11:10 am









