१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा झिनाे अंकले घट्यो नेप्से

२१ फागुन, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २६.४७ अंकले घटेर १९६९.०२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५३ अंकले घटेर १९६७.४९ विन्दुमा पुगेकाे छ ।

आइतबार प्रि ओपन सेसनमा १० स्टकको ३ लाख ६० हजार ९१२ रुपैयाँ ५० पैसा बराबरको ५५० कित्ता सेयर किनबेच भएकाे छ ।

प्रकाशित मिति : March 5, 2023 at 11:02 am