३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

इङवा हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला, क- कसले दिन पाउछन् आवेदन ?

२१ फागुन, काठमाडाैं । इङवा  हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे ।

कम्पनीले आफ्नो जारी पूँजी साठ्ठी करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता साधारण शेयर मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गा.पा. वडा नं. ३ (साविक आङखोप गा.वि.स वडा नं ३, ६, ८, ९), पाँचथर जिल्लाको याङवरक गा.पा., वडा नं. २ (साविक फलैचा गा.वि.स. वडा नं. १) र वडा नं. ३ (साविक ओयाम गा.वि.स. वडा नं २) का स्थानियवासीहरुका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि छिटोमा चैत्र ५ गतेसम्म र सो अवधिसम्म आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन दिने म्याद चैत २० गतेसम्म लम्बिनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैकिंङ लिमिटेड रहेको छ। स्थानीयले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १०:४४