तीन दिनमात्र सेयर कारोबार हुने, यस्ताे छ कारण
२१ फागुन, काठमाडाैं । याे साता सेयर बजारमा तीन दिनमात्र काराेबार हुने भएकाे छ । सातामा ५ दिन सेयर कारोबार हुने गरेकोमा याे साता भने नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेयरको दोस्रो बजार कारोबार तीन दिनमात्र खुल्ला हुने भएको हाे । याे साता दुई दिन सार्वजनिक बिदा परेका कारणले दोस्रो बजारमा तीन दिनमात्रै कारोबार खुल्ने छ ।
भोलि फागुन २२ गते सोमबार होलि पर्बको सार्वजनिक बिदा रहेकाे छ भने २४ गते बुधबार नारी दिवसको बिदा परेको छ । त्यसैले यो साता आइतबार, मंगलबार र बिहिबार मात्र दोस्रो बजार कारोबार खुला रहने छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार ०९:२३












