१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एनएमबि बैंकले ४ अर्बको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट पायो अनुमति, ब्याज कति ?

१९ फागुन, काठमाडाैं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनएमबि बैंकलाई ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको छ।

धितोपत्र बोर्डले फागुन १८ गते बिहीबार बैंकलाई ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत–२०८९/९०’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डकाे अनुमतिसँगै अब एनएमबि बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। जसमा २४ लाख इकाइ व्यक्तिगत तबरबाट र १६ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।

एनएमबि बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्तालाई वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। एनएमबि बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।

प्रकाशित मिति : March 3, 2023 at 4:53 pm