२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी, गौतमबुद्धमा हंशराज पाण्डे

१९ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डेलाई जिम्मेवारी दिइएको हो।

तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक थिए भने हंशराज यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १२:४७