राष्ट्र बैंकको निर्देशनपछि नेशनल माइक्रोफाइनान्सले घटायो बोनस सेयर
१९ फागुन, काठमाडाैं । नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित लाभांश संशोधन गरेकाे हाे ।
कम्पनीले यसअघि उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीकाे ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश कम्पनीले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको थियो।
राष्ट्र बैंककाे निर्देशनबमोजिम अब संस्थाले ३४.४५ प्रतिशत बोनस सेयर मात्रै बितरण गर्ने छ । संशोधित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीका लागि वितरण हुने छ ।
प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १०:५७












