तपाईँको डिम्याट खातामा आयो त १ कम्पनीकाे ८ प्रतिशत बोनस सेयर ? नआए यसाे गर्नुहाेस्
१९ फागुन, काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीकाे पुस २२ गते सम्पन्न ७४ औं वार्षिक साधारणसभाबाट पारित भएको ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई पुस ७ गतेसम्म डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा जम्मा गरीएकाे हाे । साे मिति पश्चात डिम्याट खाता अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा उक्त बाेनस सेयर क्रमश खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।
साथै, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने पनि कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार ०९:२७












