जीवन शाहीको कोठामा प्रहरीको छापा, बलबहादुरसहित सात जना पक्राउ
१६ असोज, काठमाडाैँ । प्रहरीले जीवन शाहीको कोठामा छापा मारी १४ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ रहेका छन् ।
प्रकाशित मिति : October 2, 2018 at 9:47 am









