१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न एमाले नेताहरू रास्वपा कार्यालयमा

काठमाडौं । राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट माग्न एमाले नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। बिहीबार दिउँसो राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरु बसुन्धरास्थित रास्वपा पार्टीको कार्यालय पुगेका हुन्।

यसअघि एमाले नेताहरुले नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेको थियो। अब एमालेका नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भेटेर भोट माग्ने कार्यक्रम छ।

प्रकाशित मिति : March 2, 2023 at 2:21 pm