यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
१७ फागुन, काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.३५ अकंले घटेर १९९५.५८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ताको १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये २० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज अपर तामाकोशीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ८ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
साथै, शिवम् सिमेन्ट्सको ८ करोड ४० लाख, हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख, एनआइसी एशिया बैंकको ३ करोड २४ लाख र युनिभर्सल पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १५:४१












