प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से
१७ फागुन, काठमाडाैं । साताकाे चाैथाें काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३.६१ अंकले घटेर २०१९.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७८ अंकले बढेर २०२०.७२ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ५ स्टकको ४ लाख ७९ हजार ३६४ रुपैयाँ बराबरको ८१५ कित्ता सेयर किनबेच भएको छ।
प्रकाशित मिति : March 1, 2023 at 11:02 am









