२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

तपाईँको डिम्याट खातामा आयो त १ कम्पनीकाे १० प्रतिशत बोनस सेयर ?

१७ फागुन, काठमाडाैं । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

कम्पनीकाे गत माघ ६ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीको सम्बन्धित हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएकाे छ ।

साथै, भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने लघुवित्तले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ०९:३३