प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
१६ फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.६५ अंकले घटेर २०२३.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२८ अंकले बढेर २०२४.८१ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा १६ स्टकको १ लाख २० हजार ५२६ रुपैयाँ बराबरको ३३० कित्ता सेयर किनबेच भएकाे छ ।
प्रकाशित मिति : February 28, 2023 at 11:01 am









