८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेपाल बैंकको संचालकमा धनीराम शर्मा नियुक्त

१५ फागुन, काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालकमा धनीराम शर्मा नियुक्त भएका छन् । आज बैंकले एक सूचना जारी गर्दै सञ्चालकमा शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो ।

बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालकमा रहेका केदारनाथ शर्माको स्थानमा शर्मालाई नियुक्त गरिएकाे  बैंकले जारी गरेको सूचना उल्लेख गरेको छ । शर्माले आजैको मितिमा संचालक समितिका अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १६:२७