१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

बलात्कारको मुद्दामा सफाइ पाएपछि अबिर र दुबोको माला लगाएर जेलमुक्त भए पल शाह

१५ फागुन, काठमाडाैँ । बलात्कारको आरोपमा सफाइ पाएपछि अभिनेता पल शाह दुबोको माला लगाएर जेलमुक्त भएका छन । सोमबार बिहान शाह तनहुँ जिल्ला कारागारबाट मुक्त भएका छन । उनले हिजोमात्र बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । उनी गत वर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गर्न पुगेका थिए । त्यसपछि पलले एक वर्ष सोही कारागारमा बिताएका थिए ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यहरूले कारागारमै पुगेर अविर दुबोको मालाले स्वागत गरे । शाहलाइ नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ शाहलाइ सफाइ दिएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १२:१०