७ असार २०८३, आइतबार | Sun Jun 21 2026

मनकामना स्मार्ट लघुवित्तको साधारणसभा चैत १६ मा, बुकक्लोज कहिले ?

१५ फागुन, काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे फागुन १४ गते बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार वार्षिक साधारणसभा चैत १६ गते रुपन्देहीको सिद्धार्थनगर–६स्थित होटेल पौवामा आयोजना हुने छ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ३० गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनुका साथै सभा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : February 27, 2023 at 11:16 am