२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रचण्डले बर्खास्त गर्नुअघि नै एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै

१५ फागुन, काठमाडाैँ । नेकपा (एमाले)ले प्रचण्डले बर्खास्त गर्नुअघि नै सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । एमालेले सरकार छाडेको घोषणा गर्नुअघि पार्टीको सचिवालय बैठकमा छलफल गर्न लागेको छ । सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेले पार्टी सचिवालयको बैठक बोलाएको छ । बैठकमा सरकारबाट बाहिरिने विषयमा छलफल हुने स्रोतले जनाएको छ । बैठकमा राष्ट्रपति निर्वाचन लगायतको बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ११:०५