२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रधानमन्त्रीको सल्लाहकारको हैसियतमा परराष्ट्रमन्त्रीलाई रोक्दै जेनेभा उडे गोविन्द बन्दी

१४ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको  सल्लाहकारको हैसियतमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको आफन्त समेत रहेका विवादित छवीका पूर्व कानुनमन्त्री गोविन्द कोइराला बन्दी जेनेभा उडेका छन । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालको नेतृत्वमा जाने गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको भ्रमण दलमा आन्तिम समयमा परराष्ट्रमन्त्रीको नाम काटेर प्रचण्डले बन्दीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जेनेभा पठाएका हुन ।

द्धन्द्धकालीन मुद्दाको विषय मिलाउनु पर्ने भएकाले प्रचण्डले संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन बन्दीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । बन्दीको सल्लाहकारमा नियुक्ति केही दिनअघि भएको बनाइएको छ । नयाँ सत्ता समिकरण कायम रहे उनी नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट परराष्ट्रमन्त्री नै बने भने पनि कुनै नौलो कुरा हुनेछैन ।

ेपछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त गर्ने परमादेशी गठबन्धनको एक जना डिजाइनर मध्ये रहेका बन्दीले ओली अपदस्त गराए बापत देउवा नेतृत्वको सरकारमा कानुनमन्त्री बनेका थिए । उनले ६ महिना कानुन मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए । परराष्ट्रमन्त्री पौड्याल मानवअघिकारको विषयमा पूर्ण प्रतिवद्ध रहेका कारण प्रचण्डको लयमा साथ दिने र सोही अनुसारको प्रक्रिया मिलाउनका लागि बन्दीलाइ जेनेभा पठाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रचण्डको गैरजिम्मेवारीः परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण केही घण्टा अघि रद्द

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १८:५८