१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

बलात्कार मुद्दामा पल शाहले पाए सफाइ

१४ फागुन, काठमाडाैं  । उच्च अदालत पोखराले कलाकार पल शाहशाहलाई अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिने फैसला गरेको छ। कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको हो।

शाहले सम्पूर्ण अभियोगबाट सफाइ पाएका छन्। अदालतले सफाइ दिएपछि अब उनी छुट्नेछन्। यसअघि शाहलाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको थियो । त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको थियो ।

उनीविरुद्ध त्यहाँ पनि बलात्कारकै मुद्दा दर्ता भएको थियो। तर, बलात्कारको मुद्दामा भने उनले सफाइ पाएका थिए। उक्त अदालतको फैसला अनुसार शाह कारागारमा छन्। यसअघि बलात्कार अभियोगको मुद्दामा तनहुँ जिल्ला अदालतले भने सफाइ दिइसकेको छ।

प्रकाशित मिति : February 26, 2023 at 6:35 pm