५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक मलाई पनि धोका दिएः केपी ओली

१४ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् । आज काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताएका हुन् ।

ओलीले प्रश्न गर्दै भने, ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो ?’ । प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताए ।

ओलीले भने, ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को, ‘हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ ।’ ‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ‘मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ ।’

ओलीले लोकतान्त्रिक सरकार बनाएर जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न खाेज्दा प्रचण्डकाे कारण त्यो प्रयास सफल हुन नसकेकाे बताए ।

प्रकाशित मिति : 16:57