२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्नकै लागि मरिहत्ते गर्नु उचित ठानिनः माधव नेपाल

१४ फागुन, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेस र माओवादीलाई धोका दिएर राष्ट्रपति बन्नकै लागि मरिहत्ते गर्नु उचित नठानेकाे बताएका छन् । उनले कांग्रेस र माओवादीलाई धोका दिन नचाहेरै एमालेको प्रस्तावमा राष्ट्रपति बन्न अस्वीकार गरेको बताए ।

आइतबार प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका नेपालले संचारकर्मीसँग भने, ‘कांग्रेस र माओवादीलाई धोका दिएको भए र सबै खालको रिस्क मोलेको भए पक्कै पनि राष्टपति बन्थे,’ उनले भने, ‘तर राष्ट्रपति बन्नकै लागि मरिहत्तै गर्नुलाई उचित ठानिन ।’

नेपालले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने  बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १६:०६