३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

उतारचढावकाबीच ४.५५ अंकले बढ्याे सेयर बजार, २ अर्ब ५२ करोडकाे काराेबार

१४ फागुन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा सुधार देखिएकाे छ । बजार खुलेदेखि उच्च अंकले घटेकाे बजारमा बन्द हुँदा हरीयाली छाएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा बन्द भएको छ ।

आज २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६२ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आइतबार हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १० करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सिटिजन म्युचुअल फण्ड–१ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

आज तीन कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन विजय लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्यमा उच्च वृद्धि भएको हाे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १५:२४