२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने

१४ फागुन, विराटनगर । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ। राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ। तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो ।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताए । उनले भने, ‘अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णय हुन्छ ।’

‘अन्य प्रदेशको तुलनामा प्रदेश १ विशिष्ट परिस्थितिको छ,’ उनले भने, ‘हाम्रा कारणले अस्थिरता नहोस भन्ने चाहन्छौं ।’ प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न पार्टीको प्रदेश समितिले बैठक बोलाएको उनले बताए ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसकेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १४:०९