१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

महानगरीय ट्राफिक प्रहरी महाशाखा र सिप्रदी ट्रेडिङद्वारा राजधानीमा सुरक्षित सडक अभियान शुरु

१५ असाेज, काठमाडाैँ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा र टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. को सहकार्यमा सडक सुरक्षा तथा सवारी सम्बन्धि बृहत ज्ञान प्रदान गरी सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यका साथ यहि असोज ११ गतेका दिन देखि राजधानीमा सुरक्षित सडक अभियान सुरु गरेको छ । अभियानको पहिलो चरणको कार्यक्रम चापागाउँ लेलेबाट शुरु गरिएको थियोे ।

उक्त कार्यक्रममा चापागाउँ-लेलेका १०५ जना टिपर चालकहरुलाई ललितपुर ट्राफिक प्रहरी महाशाखा प्रमुख इन्स्पेक्टर सिताराम हाछेथु, सिप्रदीका इन्जिनियर, तालिम प्रबन्धक र महानगरीय ट्राफिक कार्यालयका प्रतिनिधिद्वारा संग्रहित व्यवहारिक विषय वस्तुमा आधारित सडक सुरक्षा तालिम दिई जानकारी गराईएको थियो ।

प्रकाशित मिति : 17:50