२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले तत्काल सरकारबाट नबाहिरिने, पुस १० को सहमति कार्यान्वयनका लागि पहल गर्ने

१३ फागुन, काठमाडाैं । नेकपा एमाले सरकारबाट तत्काल नबाहिरिने भएकाे छ । शनिबार बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेकाे एमालेले पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय गरेकाे पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार गर्ने समेत बताए।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ११:४९